नदिजन्य पदार्थ उत्खानन्, सन्कलन तथा बिक्री वितरण गर्ने सम्बन्धी सरोकारवाला निकायह रुबाट राय-सुझाब लिने सुचना
सुचना :
सूचना तथा समाचार
-
-
सुची दर्ता गर्ने सम्बन्धी सुचना
-
-
-
साना सिँचाइ तथा प्लाष्टिक पोखरी निर्माणको लागि आवेदन पेश गर्नुहुन ।
-
-
नेपाल सरकार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमको
न्युनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने बारेको सूचना
रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा ११, रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कायक्रयमा संचालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम आगामी आर्थिक वर्ष २०७६।७७ मा स्थानीय तह मातहत रहेका रोजगार सेवा केन्द्रको समन्वयनमा प्रदान गरिने १०० दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न गरी सार्वजनिक विकास निर्माण काममा योगदान गर्न ईच्छुक बेरोजगार व्यक्तिहरुले २०७६ बैशाख महिनाको २५ गते भित्रमा आफूले स्थायी बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ । निवेदनको ढाँचा प्रधानमन्त्री रोजगार कायक्रयमा संलग्न निर्देशिका, २०७५ को अनुसूची १ बमोजिम हुनु पर्नेछ । निवेदनको ढाँचाका लागि नजिकको वडा कार्यालय तथा रोजगार केन्द्रमा सम्पर्क गर्नुहोला । साथै निवेदनको ढाँचा र यस सम्बन्धी विस्तृत जानकारी प्रधानमन्त्री रोजगार कायक्रयमको वेवसाइट www.pmep.gov.np बाट प्राप्त गर्न सकिने छ ।
रोजगार केन्द्र
मालिका गाउँपालिकाको कार्यालय
दरवाङ ६ म्याग्दी
-
-
-





