FAQs Complain Problems

सुचना :

सूचना तथा समाचार

  • यस मालिका गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय , दरवाङ, म्याग्दीलाई कार्यालय प्रयोजनको लागि तपशिल बमोजिमको मापदण्ड भएको घर भाडामा लिनुपर्ने भएको हुँदा मापदण्ड पुगेको घर भाडामा उपलब्ध गराउन चाहनुहुने महानुभावहरुले यो सूचना प्रकाशित भएको मितिले सात (७) दिन भित्र आफ्नो जग्गाधनी प्रमाणपूर्जा सहित यस कार्यालयमा कार्यालय समयमा उपस्थित भई निवेदन दर्ता गर्नुहुनका लागि यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।

    तपशिलः

    1. भवन मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजार क्षेत्रभित्र हुनुपर्नेछ ।
    2. भवन मोटरबाटोले छोएको क्षेत्रभित्र हुनुपर्नेछ ।
    3. भवन भएको स्थानमा गाडी तथा मोटरसाइकल पार्किङ स्थल भएको भवनलाई प्राथमिकता दिईनेछ।
    4. भाडामा दिन चाहेको भवनमा पानी तथा बिजुलीको राम्रो व्यवस्था भएको हुनुपर्नेछ ।
    5. भाडामा दिन चाहेको भवनमा न्यूनतम १५ कोठा भएको हुनुपर्नेछ ।
    6. शौचालय भवन भित्रै रहेको हुनुपर्नेछ । एक भन्दा बढी तले भवन भए प्रत्येक तलामा शैचालय हुनुपर्नेछ ।
    7. घरभाडा  Rent Committee को निर्णयानुसार गरिनेछ ।
    8. घरभाडा मासिक/चौमासिक/वार्षिक रुपमा घरधनीलाई उपलब्ध गराइनेछ । साथै कुल भाडा रकमको १०  ले हुन आउने रकम (घर बहाल कर) घरधनी आफैले भुक्तानी गर्नुपर्नेछ
    9. अन्य कुराहरु सम्झौतामा उल्लेख भए अनुसार हुनेछ ।
  • सूचना प्रविधी अधिकृत तथा अ.न.मी. पदका लागि दरखास्त आव्हान सूचना

  •  विषयः अन्तिम नतिजा प्रकाशन गरिएको ।

     

    प्रस्तुत विषयमा यस मालिका गाउँपालिकामा आवश्यक सब-ईन्जिनियर संख्या - २ को लागि मिति 2076।07।21 गतेका दिन प्रकाशित सूचना अनुसार दरखास्त पेश भएका उम्मेदवारहरुको 2076।08।09 गतेका दिनमा लिखित परिक्षा तथा अन्तरवार्ता समेत सम्पन्न गरि उम्मेदवारहरुले प्राप्त गरेको अंकलाई निम्नानुसारको योग्यता क्रम कायम हुन आएकोले नियुक्तिका लागि सिफारिस गर्ने गरि मिति 2076।08।09 गते निर्णय भएको हुदाँ सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।

     

    सब-ईन्जिनियर पदका लागि सिफारिस उम्मेदवारहरुको नामावली

    क्र.स.

    नाम/थर

    दर्ता नं.

    ठेगाना

    कैफियत

    1

    श्री अमर सिंह आर.सी.

    11

    आठविस्कोट - ५, रुकुम

     

    2

    श्री प्रदिप चौधरी

    3

    वाणगंगा-४, कपिलवस्तु

     

           

      

  • Invitation for bids for procurement of Fabricated steel parts for trail bridges

  • यस गाउँपालिकामा आवश्यक एम.आई.एस. अपरेटर संख्या - १  र फिल्ड सहायक संख्या - २ को लागि विभाग द्वारा प्रकाशित संक्षिप्त सूचीमा रहेका उम्मेदवारहरुको मिति 2076।07।27 मा लिएको सीप परिक्षण तथा अन्तरवार्ता समेत सम्पन्न गरि उम्मेदवारहरुले प्राप्त गरेको अंकलाई विभाग द्वारा तयार पारिएको उम्मेदवार छनौट प्रणालीमा प्रविष्ट गर्दा निम्नानुसारको योग्यता क्रम कायम हुन आएकोले उत्तिर्ण हुने उम्मेदवाहरुको नतिजा प्रकाशन गरिएको जानकारीका लागि सूचित गरिन्छ ।

    एम.आई.एस. अपरेटर पदका लागि सिफारिस उम्मेदवारको नामावली

    क्र.स.

    नाम/थर

    रोल नं.

    ठेगाना

    कुल प्राप्ताङ्क

    कैफियत

    श्री उमाकान्त पंगेनी

    34421

    भिरकोट न.पा.-६, स्याङ्जा

    57.91

     

    फिल्ड सहायक पदका लागि सिफारिस उम्मेदवारहरुको नामावली

    क्र.स.

    नाम/थर

    रोल नं.

    ठेगाना

    कुल प्राप्ताङ्क

    कैफियत

    1

    श्री सिता पुन

    60077

    मालिका गा.पा.-२, म्याग्दी

    85.83

     

    2

    श्री लाल कुमारी रोका

    59792

    मालिका गा.पा.-२, म्याग्दी

    78.78

     

    फिल्ड सहायक पदका लागि वैकल्पिक उम्मेदवारहरुको नामावली

    क्र.स.

    नाम/थर

    रोल नं.

    ठेगाना

    कुल प्राप्ताङ्क

    कैफियत

    1

    श्री सविना घर्ती

    7504

    मालिका गा.पा.-6, म्याग्दी

    75.73

     

    2

    श्री अरुणिमा अर्मजा

    52687

    मालिका गा.पा.-6, म्याग्दी

    70.33

     

  • गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग अन्तर्गत एम. आइ. एस. अपरेटर तथा फिल्ड सहायकको पदपूर्तिका लागी ईच्छुक उमेदवारहरुले दरखास्त पेश गर्नु भएका तपशिल बमोजिमका उमेदवारहरुले मिति २०७६।०७।२५ गते यस कार्यालयमा सम्पर्क गर्नुहोला ।

    1. श्री उमाकान्त पंगेनी (पदः- एम.आइ.एस. अपरेटर)
    2. श्री अरुणिमा अर्मजा (पदः- फिल्ड सहायक)
    3. श्री सिता पुन (पदः- फिल्ड सहायक)
    4. श्री कविता शर्मा (पदः- फिल्ड सहायक)
    5. श्री तेजिन्द्र पुन मगर (पदः- फिल्ड सहायक)
    6. श्री लाल कुमारी रोका (पदः- फिल्ड सहायक)
    7. श्री सविना घर्ति (पदः- फिल्ड सहायक)

    नोटः- दरखास्त पेश गर्नुभएका उमेदवारहरुले सक्कल व्यक्तिगत कागजातहरु साथमा लिई उपस्थित भई दिनुहोला ।

     

  • दरखास्त फारम

  • मालिका गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयका लागि सेवा करारबाट ईन्जिनियर-१, सव-ईन्जिनियर-२ तथा कार्यालय सहयोगी -१  गरी कुल ४ जना योग्यता भएका कर्मचारी पदपूर्ति गर्नुपर्ने भएको योग्यता पुगेका ईच्छुक उम्मेदवारहरुले सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस कार्यालयबाट दरखास्त लिई तोकीएको समय भित्र दरखास्त दिनुहुन जानकारी गराईन्छ । 

  • मालिका गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको आ.व. २०७५।७६ को आर्थिक कारोबार लागयतका लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकमा सुचिकृत हुने सम्बन्धी सूचना 

  • यस मालिका गा.पा. अन्तर्गत वडा नं. २ रुममा मिति २०७६ कार्तिक १५ गते शुक्रबारका दिन भएको जीप दुर्घटनामा २ जनाको मृत्यु र कैयौँ घाईते भएको तथा वडा नं. ७ बिममा मिति २०७६ कार्तिक १७ गते भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भैको र दर्जनौँ घाइते भएको घटनाले सिङ्गो मालिका गाउँपालिका परिवार स्तब्ध भएको छ । यस दुखद घडीमा हामी दुवै दुर्घटनामा ज्यान गुमाउने मृतकहरु प्रति हार्दिक श्रध्दान्जली व्यक्त गर्दछौँ तथा शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्न चाहन्छौँ साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

    सुचनाः पहाडी कच्ची सडकमा यस्ता प्रकारका दुर्घटनाहरुलाई न्यूनीकरण गर्दै सम्पू्र्ण मालिकाबासी तथा आम यात्रुहरुको सुरक्षाका लागि सम्बन्धित सबैलाई सचेतना अपनाउन समेत हामी अनुरोध गर्दछौँ ।

Pages

//