दरखास्त फारम
सुचना :
सूचना तथा समाचार
-
-
गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग अन्तर्गत एम. आइ. एस. अपरेटर तथा फिल्ड सहायकको पदपूर्तिका लागी ईच्छुक उमेदवारहरुले दरखास्त पेश गर्नु भएका तपशिल बमोजिमका उमेदवारहरुले मिति २०७६।०७।२५ गते यस कार्यालयमा सम्पर्क गर्नुहोला ।
- श्री उमाकान्त पंगेनी (पदः- एम.आइ.एस. अपरेटर)
- श्री अरुणिमा अर्मजा (पदः- फिल्ड सहायक)
- श्री सिता पुन (पदः- फिल्ड सहायक)
- श्री कविता शर्मा (पदः- फिल्ड सहायक)
- श्री तेजिन्द्र पुन मगर (पदः- फिल्ड सहायक)
- श्री लाल कुमारी रोका (पदः- फिल्ड सहायक)
- श्री सविना घर्ति (पदः- फिल्ड सहायक)
नोटः- दरखास्त पेश गर्नुभएका उमेदवारहरुले सक्कल व्यक्तिगत कागजातहरु साथमा लिई उपस्थित भई दिनुहोला ।
-
मालिका गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयका लागि सेवा करारबाट ईन्जिनियर-१, सव-ईन्जिनियर-२ तथा कार्यालय सहयोगी -१ गरी कुल ४ जना योग्यता भएका कर्मचारी पदपूर्ति गर्नुपर्ने भएको योग्यता पुगेका ईच्छुक उम्मेदवारहरुले सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस कार्यालयबाट दरखास्त लिई तोकीएको समय भित्र दरखास्त दिनुहुन जानकारी गराईन्छ ।
-
यस मालिका गा.पा. अन्तर्गत वडा नं. २ रुममा मिति २०७६ कार्तिक १५ गते शुक्रबारका दिन भएको जीप दुर्घटनामा २ जनाको मृत्यु र कैयौँ घाईते भएको तथा वडा नं. ७ बिममा मिति २०७६ कार्तिक १७ गते भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भैको र दर्जनौँ घाइते भएको घटनाले सिङ्गो मालिका गाउँपालिका परिवार स्तब्ध भएको छ । यस दुखद घडीमा हामी दुवै दुर्घटनामा ज्यान गुमाउने मृतकहरु प्रति हार्दिक श्रध्दान्जली व्यक्त गर्दछौँ तथा शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्न चाहन्छौँ साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।
सुचनाः पहाडी कच्ची सडकमा यस्ता प्रकारका दुर्घटनाहरुलाई न्यूनीकरण गर्दै सम्पू्र्ण मालिकाबासी तथा आम यात्रुहरुको सुरक्षाका लागि सम्बन्धित सबैलाई सचेतना अपनाउन समेत हामी अनुरोध गर्दछौँ ।
-
मालिका गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको आ.व. २०७५।७६ को आर्थिक कारोबार लागयतका लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकमा सुचिकृत हुने सम्बन्धी सूचना
-
नदिजन्य पदार्थ उत्खानन्, सन्कलन तथा बिक्री वितरण गर्ने सम्बन्धी सरोकारवाला निकायह रुबाट राय-सुझाब लिने सुचना
-
सुची दर्ता गर्ने सम्बन्धी सुचना
-
-
-
साना सिँचाइ तथा प्लाष्टिक पोखरी निर्माणको लागि आवेदन पेश गर्नुहुन ।