सुचना :
सूचना तथा समाचार
-
-
-
-
यस कार्यालयको मिति २०७६।१०।२६ गतेको निःशुल्क औषधी तथा सामग्री खरीद सम्बन्धि शिलबन्दी दरभाउपत्र आव्हानको प्रकाशित सूचना अनुसार विभिन्न फर्महरुबाट प्राप्त हुन आएका शिलबन्दी दरभाउपत्रहरु मुल्याङ्कन समितिबाट मुल्याङ्कन गर्दा सबै भन्दा कम कबोल अंक प्रस्ताव गर्ने श्री रानीमहल मडिको सप्लायर्स प्रा.लि. छनौटमा परेको व्यहोरा जानकारी गराईन्छ ।
-
-
म्याग्दी ५ फागुन । म्याग्दीको मङ्गला र मालिका गाउँपालिकाको सिमाना दुखुखोलामा करीब एक दशकपछि निर्माण भएको मोटरेवल पुलको उद्घाटन गरिएको छ । बेनी–दरवाङ सडक अन्तर्गत दुखु खोलामा निर्माण भएको सो पुलको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सोमबार उद्घाटन गर्नुभएको हो । तत्कालीन जिविस अन्तर्गत सञ्चालित विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) मार्फत २०६७ मा शुरु भएको सो पुलको ढाँचा असफल भएपछि पुरानो ठेक्का रद्द गरेर जिविस र प्राविधिक कार्यालयले पुनःसर्वेक्षण गराएर २०७३ मा अर्को ठेक्का सम्झौता गरि आयोजनालाई अघि बढाईएको थियो । तत्कालीन जिल्ला प्राविधिक कार्यालयले ठेक्का लगाएको पुल गतवर्ष प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण भएको थियो । कूल २० मिटर लामो र ६ मिटर फराकिलो रहेको सो पक्की पुल निर्माणमा रु २ करोड ६ लाख १२ हजार ७ सय ३९ खर्च भएको कार्यालयका इन्जिनियर सन्तोष अर्यालले जानकारी दिनुभयो । २०७३ साउन ९ गते ठेक्का सम्झौता गरेको स्वच्छन्द–गौचन जेभीले गत कात्तिक अन्तिम साता मात्रै पुल निर्माण सम्पन्न गरेको थियो ।
-
-
-
मालिका गाउँ पालिका ६ दिच्याममा किबि खेतिको पकेट क्षेत्र बनाउने उद्देश्यका साथ हेवान जातको १,०००र एलिसन जातको ५००गरि जम्मा १५०० बिरुवा करिब १०० रोपनी जग्गामा ६५ घर धुरीलाई हस्तान्तरण गरियो । प्रति घर १० देखि २३० सम्म बितरण भएको छ
-